राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति कैलालीले कैलारी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सो पार्टीले कोभिडका बिरामीको उपचारमा सहयोग पुग्ने भन्दै सात वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो। राप्रपा कैलालीका अध्यक्ष होमबहादुर गुरुङ ज्यूले बुधबार गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी ज्यूलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भयो ।