अध्यक्ष (श्री लाजुराम चौधरी) : 9858426544
उपाध्यक्ष (श्रीमती लक्ष्मी सत्गौवा थारु): 9804688038
प्रमुख प्रशासकीय अधिकृत: 9848488897
सूचना अधिकारी: 9848511233
COVID-19 HELP DESK
दलित महिला अधिकार मंचद्धारा कैलारी गाउँपालिकामा कोभिड सहायता कक्ष स्थापना कैलारी गाउँपालिकाको कार्यालय र ड्यान चर्च एडसंगको सहकार्यमा दलित महिला अधिकार मंच नेपालले कैलारी गाउँपालिकामा कोभिड १९ हेल्पडेस्क (सहायता कक्ष) स्थापना गरेको छ । ड्यान चर्च एडको सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत उक्त कोभिड १९ हेल्पडेस्क सहायता कक्ष संचालन गरिएको हो । हेल्पडेस्क मार्फत पालिका स्तरमा कोभिड १९ को रोकथाम नियन्त्रण एंव सचेतना अभिवृद्धि गर्ने,कोभिड संक्रमितहरुको तथ्यांक संकलन,कोभिड प्रभावित व्यक्ति र तिनका परिवारलाई फोन मार्फत परामर्श तथा फ्लोअप गर्ने,कोरोना नियन्त्रणका लागि स्थानिय सरकार,नागरिक समाज,स्थानिय संघसंस्था,स्वास्थ्य संस्था,सुरक्षाकर्र्मी,मिडियाहरुसंग साझेदारी तथा सहकार्य गर्ने, कोभिडको समयमा हुने गरेका घरेलु हिँसाका घटना न्युनिकरणका लागि सामाजिक संजाल, स्थानिय रेडियो , युवा स्वयं सेवक महिला स्वयं सेवीका र स्थानिय समुह तथा संजाल परिचालन गरी सचेतना जगाउने बताईएको छ । गाउँपालिकामा आउने सेवाग्राहीहरुलाई हेल्प डेस्कमार्फत कोरोना भाइरसको बारेमा जानकारीका साथै परामर्श दिइने र सुत्केरी, गर्भवती महिला लगायतलाई सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री पनि दिइनेछ ।
कोभिड सम्पर्क व्यक्ति : भिस्म राज चौधरी
सम्पर्क : 9800625613