FAQs Complain Problems

संक्षिप्त परिचय

जिल्ला सदरमुकाम धनगढी देखी २७ किलोमिटर पुर्बमा अवस्थित रहेको कैलारी गाउँपालिकाको कार्यालय हसुलिया, कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं ३ र ४ मा पर्दछ । कैलारी गाउँपालिका २८.७० उत्तरी अक्षांस तथा २८.७६ पूर्वी देशान्तरमा अवस्थित रहेको छ । समुद्र सतह देखी १३५ मिटर उचाईमा रहेको यस गाउँपालिकामा उष्ण उपोषण, समशीतोषण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा गौरीगंगा नगरपालिका, दक्षिणमा भारतको उत्तरप्रदेश सगं सिमा जोडीएको छ पश्चिममा धनगढी उ.मा.न.पा. संग जोडीएको सिमाना पुर्वमा घोडाघोडी र भजनी नगरपालिका छ ।